निर्णायक आन्दोलनमा जुट्न १५ वटा शिक्षक संगठनहरूको आह्वान
काठमाडौँ । नेपाल शिक्षक महासंघमा आबद्ध १५ वटा संगठनहरूले निर्णायक आन्दोलनका लागि आह्वान गरेका छन् । एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले शिक्षक तथा कर्मचारीहरूका संघ संगठनहरूले फेरि निर्णायक आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै जुट्न आह्वान गरेका हुन् ।
विद्यालय शिक्षाको विकास र शिक्षक–कर्मचारीको पेसागत हकहितका लागि आन्दोलनमा जुट्न अपिल गरेका छन् ।
महासंघले गत माघ २० गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । सोही अनुसार देशभर आन्दोलन जारी राखेको छ । त्यही बेला विभिन्न दल निकट शिक्षक कर्मचारी संगठनहरूले विगतमा भएका सहमति कार्यान्वयनका लागि फेरि एक पटक आन्दोलन गर्नुपर्ने बेला आएको बताएका हुन् ।
विगतका सबै सहमतिहरू सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिने मनसायसहित आन्दोलनको थालनी भएको उनीहरूको भनाइ छ ।
महासंघमा आबद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी शिक्षक फोरक लोकतान्त्रिक, लोकतान्त्रिक शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक परिषद्, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्ले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलनको लागि आह्वान गरेका हुन् ।
महासंघले फागुन २४ गतेसम्म पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही अनुसार देशभर स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रस्तर गरेर आन्दोलनका विभिन्न कार्यक्रम हुँदै आएका छन् । फागुन २४ गतेपछि दोस्रो चरणको आन्दोलनको घोषणा गरिने र त्यो आन्दोलनका लागि देशभरका शिक्षक कर्मचारीहरूलाई काठमाडौँमा उतार्ने महासंघको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण