केराउको एउटा दानाले लियो डेढ वर्षीय बालकको ज्यान
शुक्रबार, ०९ फागुन २०८१, १४ : ५८
नयाँ दिल्ली । भारतको झारखण्डमा केराउको एउटा दानाका कारण डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
कैरो थाना क्षेत्र अन्तर्गत गुडी करंज टोल निवासी कृषक खुदी उरांवका डेढ वर्षीय छोरा शिवम उरांवको बिहीबार मृत्यु भएको हो । खुदी र उनको परिवार बिहीबार बारीमा कामका लागि गएको थियो । सोही क्रममा उनीहरूले डेढ वर्षीय शिवमलाई पनि सँगै लगेका थिए ।
बच्चालाई भुल्याउनका लागि उनीहरूले आफ्नै बारीमा फलेको केराउ उखेलेर दिएका थिए । घर फर्किने क्रममा बच्चाले केराउको लहरो पनि सँगै ल्याएको थियो ।
केहीबेरमा बच्चा तड्पिन थाल्यो र परिवारका सदस्यले तत्काल अस्पताल लगे । तर चिकित्सकले बच्चाको मृत्यु भइसकेको घोषणा गरे ।
ती बालकले केराउको कोसाबाट दाना निकालेर खाने क्रममा श्वास नलीमा अड्किएर मृत्यु भएको चिकित्सकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण