प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टरलाई हरायो
शनिबार, १० फागुन २०८१, ०४ : २९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राती भएको खेलमा लेस्टरलाई ब्रेन्टफोर्डले ४-० गोल अन्तरले हराएको हो ।
अवे मैदानमा ब्रेन्टफोर्डलाई जिताउन योअन विस्सा, ब्रायन मबेउमो, क्रिष्टियन नोर्गार्ड र फेबियो कार्भाल्होले एक एक गोल गरे । यो जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाको १० औं स्थानमा उक्लिएको छ भने लेस्टर रेलिगेशन क्षेत्रमा थप भासिएको छ ।
२६औं चरणका खेल चलिरहँदा लिभरपुल ६१ अंकका साथ पहिलो र ५३ अंकका साथ आर्सनल दोस्रो स्थानमा छन् । तेस्रो स्थानको नटिङघमको ४७ अंक छ भने चौथो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ४४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण