मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
विराटनगर । मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिऊँ की माया टुनामुना पो’ र ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ । ‘लाइदिऊँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन् ।
यस गीतमा डी.पी. खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ।
अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तीर्थ बस्ताकोटीको हो । गीतको संगीत संयोजनको काम दिनेश न्यौपानेले गरेका छन् । उक्त गीतमा पनि सम्राट अधिकारी र सृष्टि सुब्बाको अभिनय देख्न सकिन्छ। दुवै गीतमा दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने दुवै गीतको डाईरेक्टर अनि कोरियोग्राफर केशब राज भट्ट हुन् ।
दुवै गीतको एजुकेसनल पार्टर एभरेस्ट ईन्टरनेसनल स्कुल जापान रहेको छ भने सपोर्टरको रूपमा जापानको कावासाकीमा रहेको दुनाटपरी र लाल्टिन नेपाली रेस्टुरेन्ट रहेको छ। गीत र भिडियोमा मेहनत गरेकोको कारण दर्शक, स्रोताले माया दिने प्रेम घिमिरेले बताए ।
गायक घिमिरे एक दशकदेखि नेपाली संगीत क्षेत्रमा लागेका व्यक्ति हुन् । ललितकला क्याम्पसबाट संगीत विषयमा डिग्री लिएका घिमिरेको आफ्नै स्वर तथा संगीतमा दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् ।
उनको संगीतमा धेरै गायक गायिकाले स्वर भरिसकेका छन्। गायक घिमिरे पनि विगत १५ महिनादेखि जापानमा छन् । उनी जापानमा रहेको नेपाली स्कुल (एभरेस्ट ईन्टरनेसनल स्कुल जापान) मा संगीत विषयको शिक्षक छन् ।
हाल भने घिमिरे छुट्टीको लागि नेपाल आएका हुन् । सोही अवसरमा उनले दुईवटा गीत निर्माणमा भूमिका दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण