विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
पान मसालाको विज्ञापनमा जोडिएका बलिउडका तीन चर्चित कलाकारलाई विज्ञापनले भारी पारेको छ।
‘दाने–दाने मे केसर का दम’ ९दाना दानामा केसर० को विज्ञापन गरेका शाहरुख खान, अजय देवगन र टाइगर श्रफ र विमल पान मसाला निर्माण कम्पनीविरुद्ध कोटा जिल्ला उपभोक्ता विवाद निवारण आयोगले नोटिस जारी गरेको छ। सूचनामा २१ अप्रिलभित्र जवाफ दिन भनिएको छ।
सामाजिक अभियन्ता इन्द्रमोहन हनीको उजुरीमा विज्ञापनमा भगवानको शक्ति देखाएर युवालाई भ्रममा पारेको आरोप लगाइएको छ। कोटामा बीजेपी नेता र वरिष्ठ अधिवक्ता विवेक नन्दवाना र सामाजिक कार्यकर्ता इन्द्र मोहन हनीले उपभोक्ता संरक्षण कानुनअन्तर्गत मुद्दा दायर गरेका थिए।
केसर एकदमै महँगो वस्तुअन्तर्गत पर्ने र जुन दरमा पान मसाला बिक्री भइरहेको छ, त्यसमा वास्तविक केसर थप्न सम्भव नभएको उनीहरूको तर्क छ ।
पान मसालामा वास्तविक केसर पाइन्छ भन्ने दाबीलाई वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गर्न नसकेको उनीहरूको तर्क छ । 'त्यस्ता भ्रामक विज्ञापनहरूले युवाहरूलाई पान मसाला खान उत्प्रेरित गरिरहेका छन्, जसले उनीहरूको स्वास्थ्यलाई हानि पुऱ्याउन सक्छ,' दाबीमा भनिएको छ।
प्याकेटमा सचेतनाहरू साना अक्षरमा लेखिएका र पढ्न गाह्रो हुने भएकाले उपभोक्ताले सही जानकारी पाउन नसकेको उनीहरूको भनाइ छ । यस याचिकामा कम्पनीलाई मात्र नभई यसका ब्रान्ड एम्बेसडर रहेका तीन बलिउड सुपरस्टारलाई पनि विपक्षी बनाइएको छ ।
लोकप्रिय कलाकारहरूले गरेका विज्ञापनहरूले युवाहरूमा गहिरो प्रभाव पारेको निवेदकहरूले बताएका छन्। 'जब यी स्टारहरूले उत्पादनको गुणस्तरको ग्यारेन्टी दिन्छन्, मानिसहरूले यसलाई बिनासोचाइ किन्छन्। यस्तो अवस्थामा भ्रामक दाबी भएको कुनै पनि विज्ञापनमा भाग लिने जिम्मेवारी पनि उनीहरुको हुन्छ,' उनीहरूले भनेका छन्।
यस याचिकामा कोटा उपभोक्ता विवाद निवारण आयोगका अध्यक्ष अनुराग गौतमले शाहरुख, अजय, टाइगर र पान मसाला निर्माण कम्पनीलाई नोटिस जारी गरिएको र २१ वैशाखभित्र जवाफ बुझाउनुपर्ने प्रस्ट्याएका छन्।
वरिष्ठ अधिवक्ता विवेक नन्दवानाले भ्रामक विज्ञापन गर्ने कम्पनी र प्रवर्धन गर्ने स्टारहरूलाई जवाफदेही बनाइयोस् भनेर यो विषय उठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण