ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
आइतबार, ११ फागुन २०८१, ०४ : ३८
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड विजयी भएका छन् । शनिबार भएको खेलमा बार्सिलोनाले लस पल्मसलाई २-० ले हरायो ।
अवे मैदानमा बार्सिलोनालाई जिताउन दानी ओल्मो र फेरन टोरेसले एक एक गोल गरे । यो जितले बार्सिलोनालाई शीर्ष स्थानमा कायम राखेको छ ।
बार्साका २५ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा उक्लिएको एटलेटिको मड्रिडको ५३ अंक छ । अघिल्लो खेलमा हार व्यहोरेको रियाल मड्रिड तेस्रो स्थानमा झरेको छ । उसको ५१ अंक छ ।
शनिबार राती एटलेटिको मड्रिड भ्यालेन्सियालाई ३-० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । यस्तै, अन्य खेलमा इस्पानियोलले डेपोर्टिभो अलाभेसलाई १-० ले हरायो भने भियारियालले रायो भायकानोलाई १-० ले नै पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण