मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्राध्यापक डा. दिनेश कुमार लम्साल नियुक्त भएका छन् । आइतबार प्रा. डा. लम्साललाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको हो ।
प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षाध्यक्ष पदमा प्रा. डा. लम्साललाई नियुक्त गरेकी हुन् । प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा उक्त मन्त्रालयले अधिकार पाउन सकेको छैन । जसका कारण स्वास्थ्य मन्त्रीले वितरण गर्नुपर्ने नियुक्ति सामाजिक विकास मन्त्रालय मार्फत गरिएको हो ।
प्रा. डा. लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफा (१) अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वैशाख २०८१ मा मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त भएका उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरिएको हो ।
इमर्जेन्सि तथा फेमेलि मेडिसिनका विशेषज्ञ रहेका उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल रिभ्यु बोर्डका सदस्य समेत भइसकेका छन् । सिभिल अस्पतालमा १५ वर्ष कार्य अनुभव बोकेका उनले यसअघि नेम्स वीर अस्पतालमा ७ वर्ष प्राध्यापन गरेका थिए ।
प्रतिष्ठानको शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । डा. शेरचनले गत मा पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड
-
सन्दीपको शानदार बलिङ, नेपालसामु १ सय ५३ रनको लक्ष्य