आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट
कोहलीको नाममा अर्को कीर्तिमान
आइतबार, ११ फागुन २०८१, २० : ३३
दुबई । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो १४ हजार रन पूरा गरेका छन्। उनले सबैभन्दा छिटो यो कोशेढुंगा पार गर्ने कीर्तिमान पनि बनाएका छन् ।
आइतबार पाकिस्तानसँग खेलिएको आईसीसी च्याम्पियन्स ट्रफी अन्तरगतको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यो उनको २९९ औं खेल हो भने उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरे।
यसअघि भारतका महान् ब्याटर सचिन तेन्दुल्करले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए । त्यस्तै श्रीलंकका कुमार संगाकाराले ३७८ इनिङ्समा यो कोशेढुंगा पार गरेका थिए ।
कोहलीले ५७.८६ को औसतमा रन बनाएका छन् भने उनको स्ट्राइक रेट ९३.४४ रहेको छ। उनले एकदिवसीयमा हालसम्म ५० शतक र ७३ अर्धशतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण