अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
काठमाडौँ । अभिनेत्री सुपुष्पा भट्टले ‘फेरि रेशम फिलिली’को स्क्रिप्त राम्रो र बलियो भएकाले आफूले अभिनय गरेको बताएकी छन् । फिल्म अहिलेसम्म बजारमा आएको भन्दा भिन्न विषयवस्तुमा रहेको उनको दाबी छ ।
‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी उनी केही समयको अन्तरालपछि ‘फेरि रेशम फिलिली’ मार्फत फिल्ममा फर्किँदै छिन् । फिल्ममा आफ्नो भूमिका बोल्ड र आफूले चाहेको कुरा चाहने र ‘मैँ हुँ’ ठान्ने रहेको उनले बताइन् ।
फिल्म केही वर्ष अगाडिको ‘रेशम फिरिरि’को सिक्वेलको रूपमा बनेको हो । फिल्मले ‘अमेरिका मोह’को कथावस्तु उठाएको छ । अमेरिका मोहको कथावस्तु उठाएपनि फिल्म निकै रमाइलो बनेको उनको भनाई छ । फिल्ममा उनको जोडी अभिनेता विनय श्रेष्ठ बनेका छन् ।
शिवरात्रिको अवसर पारेर १४ फागुनदेखि प्रदर्शनमा आउने फिल्ममा विनय र सुपुष्पाको अलवा कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।
फिल्म निरोज महर्जनले निर्देशन गरेका हुन् । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।
सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्म सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो । रौनक विक्रम कडेल निर्माता तथा सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा एनि थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण