आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ

आइतबार, ११ फागुन २०८१, २० : ५१
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । अभिनेत्री सुपुष्पा भट्टले ‘फेरि रेशम फिलिली’को स्क्रिप्त राम्रो र बलियो भएकाले आफूले अभिनय गरेको बताएकी छन् । फिल्म अहिलेसम्म बजारमा आएको भन्दा भिन्न विषयवस्तुमा रहेको उनको दाबी छ ।

‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी उनी केही समयको अन्तरालपछि ‘फेरि रेशम फिलिली’ मार्फत फिल्ममा फर्किँदै छिन् । फिल्ममा आफ्नो भूमिका बोल्ड र आफूले चाहेको कुरा चाहने र ‘मैँ हुँ’ ठान्ने रहेको उनले बताइन् ।

फिल्म केही वर्ष अगाडिको ‘रेशम फिरिरि’को सिक्वेलको रूपमा बनेको हो । फिल्मले ‘अमेरिका मोह’को कथावस्तु उठाएको छ । अमेरिका मोहको कथावस्तु उठाएपनि फिल्म निकै रमाइलो बनेको उनको भनाई छ । फिल्ममा उनको जोडी अभिनेता विनय श्रेष्ठ बनेका छन् ।

शिवरात्रिको अवसर पारेर १४ फागुनदेखि प्रदर्शनमा आउने फिल्ममा विनय र सुपुष्पाको अलवा कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।

फिल्म निरोज महर्जनले निर्देशन गरेका हुन् । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।

सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्म सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो । रौनक विक्रम कडेल निर्माता तथा सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा एनि थापा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप