सशस्त्र प्रहरी बल नेपाल विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल
सोमबार, १२ फागुन २०८१, १४ : २६
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । सोमबारको बैठकमा मन्त्री लेखकले उक्त विधेयक विचार गरियोस् भनि पेस गरेका हुन् ।
उक्त विधेयकमाथि अहिले बैठकमा सामान्य छलफल भइरहेको छ । सभामुख देवराज घिमिरेले विधेयकमाथिको छलफलमा सैद्दान्तिक पक्षमा मात्र छलफल हुने जानकारी गराएका छन् ।
छलफलमा प्रत्येक सदस्यलाई ३ मिनेटको समय छुट्टाएको सभामुखले जानकारी गराए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण