आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट गर्दैछ। मंगलबार केन्द्रीय बैंकले उक्त परिमाणको २१ दिन अवधिको निक्षेप बोलकबोल प्रक्रियाको माध्यमबाट संकलन गर्न लागेको जनाएको छ । दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले आज सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।
केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्कासित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड जनाइएको छ ।
निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातामा जम्मा गर्नेछ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी चैत ६ गते गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण