प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए ।
मन्त्री गुरुङले अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानुनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाए । एपिजी (एशिया/प्रशान्त) क्षेत्रका सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औँल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको उनले बताए । अब १ वर्षभित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने बताए ।
मन्त्री गुरुङले प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गाली गरेपनि नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताए । अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानुनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने उनले बताए । योजनाबद्ध रूपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित