प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए ।
मन्त्री गुरुङले अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानुनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाए । एपिजी (एशिया/प्रशान्त) क्षेत्रका सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औँल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको उनले बताए । अब १ वर्षभित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने बताए ।
मन्त्री गुरुङले प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गाली गरेपनि नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताए । अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानुनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने उनले बताए । योजनाबद्ध रूपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण