महाशिवरात्रिको अवसर पारेर ‘कमेडी किड्स’को अडिसन खुला
काठमाडौँ । गत ‘वसन्त पञ्चमी’को अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’को अडिसन खुला भएको छ । निर्माण टिमले महाशिवरात्रिको अवसर पारेर बुधबारबाट डिजिटल अडिसन खुला गरेको हो ।
‘कमेडी किड्स’मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर ‘कमेडी किड्स’ व्हाट्स एप, जिमेल अथवा भाइवरमा पठाउन सक्नेछन् । भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ ।
सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन् । डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फम्र्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए ।
भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ । बालबालिकाहरूलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्मसका सञ्चालक रघुनाथ सापकोटाले जानकारी दिए । शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जनाएको छ ।
शोको डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्ट रहेको छ । रियालिटी शो राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कारको अलावा विभिन्न अवसर समेत प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण