प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
काठमाडौंँ । आज बुधबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ प्रिमिएर गरिएको छ । मंगलबार साँझ ललितपुरको लाबिम मलमा भएको प्रिमिएरमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा, कृषा चौँलागाईं, रविन्द्र झा, शिल्पा मास्के, सुमन कार्की, विशाल भण्डारी, भरतमणि पौड्याल, अर्जुन कुमार, सरोज न्यौपाने लगायत फिल्मकर्मी र रंग पत्रकार लगायतको बाक्लो उपस्थिति थियो ।
_hXqCtOjWul.jpg)
प्रिमियरमा ‘उनको स्वीटर’ बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले फिल्म राम्रो भएको प्रतिक्रिया भए ।
‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनीलकुमार थापाले फिल्म आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए । ‘पिताम्बर’ फिल्मको निर्माता निर्देशक कृषा चौलागाईंले ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘उत्कृष्ट’ भएको प्रतिक्रिया दिँदै ‘यो फिल्म हेरेन भने रमाइलो गर्नै बिर्सने बताइन् ।
_gfl88cDS7M.jpg)
अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलिली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले फिल्म ‘एकदमै मनोरञ्जक’ बनेको बताइन् । स्ट्यान्डअप कमेडियन भरतमणि पौडेलले पनि म्याकसम गौडेलको उच्च प्रशंसा गर्दै आफूले सो भूमिका गर्न नसक्ने बताए । उनले गौडेलले अभिनयको प्रशंसा गरे ।
_9N1AOTYyV4.jpg)
सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा बनेको फिल्ममा निरोज महर्जनको लेखन, निर्देशन छ । फिल्मलाई रौनकविक्रम कँडेलले निर्माण गरेका हुन् । फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।
_snuaS0YjNW.jpg)
फिल्मलाई सुसन प्रजापतिले छायाङ्कन गरेका हुन् । निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।
_iGKhgcF6sB.jpg)
_f4JOr0R3A0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण