धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
उदयपुर । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौँलाई फाइनलमा पु¥याउन जर्सी नम्बर ३ का सौराज राउतले ह्याट्रिक गरे । त्यसैगरी जर्सी नम्बर २ का सन्तोष न्योपानेले काठमाडौँका लागि एक गोल गरेपछि काठमाडौँको गोल सङ्ख्या ४ पुगेको हो । पहिलो हाफ बराबरी खेलेको धरानले दोस्रो हाफको १३औँ मिनेटमा तप्पन कार्कीको गोलबाट अग्रता लिएको थियो । लगत्तै काठमाडौँका लागि सौराजले गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि सौराजले पुनःगोल गर्दै २–१ अन्तरमा ल्याए । लगत्तै धरानका लागि तप्पनले नै गोल गरेर बराबरी बनाए पनि खेलको अतिरिक्त समयमा सौराज र सन्तोषले १–१ गोल गरेपछि धरानलाई काठमाडौँले ४–२ को अन्तरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ह्याट्रिक पूरा गरेका सौराज राउत घोषित भए । उनले नगद रु तीन हजारका साथमा मेडल प्राप्त गरे । बिहीबार दोस्रो सेमिफाइनलमा वीरगञ्ज युनाइटेड र सलहेस युथ क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्नेछ, भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछ ।
आठ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ । कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण