टिकटकमा ‘मायावी’ पाइरेसी, साइबर ब्युरो जाँदै निर्माता
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारबाट रिलिजमा आएको फिल्म हो ‘मायावी’ । बुधबार बिदाको दिनमा सुखद ओपनिङ गरेको फिल्मको कथालाई समेत दर्शकले मन पराएका छन् ।
तर, फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । फिल्मको महत्त्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन् । जसले दर्शकको फिल्म प्रति उत्सुकतालाई कम गराउन सक्छ । टिकटकमा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकले पोस्ट गरेपछि निर्माण पक्ष केही तनावमा पनि देखिएको छ ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराई ले महत्त्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । उनले टिकटकमा आएको दृश्यको विषयमा निर्माता साइबर ब्युरोमा उजुरी दिने तयारी गरेको समेत जानकारी दिए ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मको वर्ड अफ माउथ बलियो भएको भन्दै निर्माण युनिटे आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण