नाडाले भन्यो– राष्ट्र बैंकले सरकारको नीतिलाई उपेक्षा गर्यो
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घटाइएको लोन–टू–भ्यालु अनुपात पुरानै कायम गर्न माग गरेको छ । मौद्रिक नीतिमा यस्तो अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्दै नाडाले यस्तो माग गरेको हो ।
अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने उल्लेख गरिएको थियो । यो नीतिमा आफ्नो ध्यान आकृष्ट भएको नाडाले जनाएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ५० बाट बढाएर ६० प्रतिशत कायम गर्ने व्यवस्थालाई भने नाडाले सराहना गरेको छ । विद्युतीय सवारी साधनको सम्बन्धमा पनि सोही व्यवस्था गरिँदा विद्युतीय सवारी साधनहरूको व्यवसायमा लागेका व्यवसायीलाई ठुलो मर्का पर्ने उल्लेख गरिएको छ ।
सरकारले ग्रीन इनर्जीलाई प्राथमिकता नीतिगत अनुरूप विगतदेखि नै विद्युतीय सवारी साधनलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको नीतिलाई नै उपेक्षा गरेको नाडाको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण