नाडाले भन्यो– राष्ट्र बैंकले सरकारको नीतिलाई उपेक्षा गर्यो

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घटाइएको लोन–टू–भ्यालु अनुपात पुरानै कायम गर्न माग गरेको छ । मौद्रिक नीतिमा यस्तो अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्दै नाडाले यस्तो माग गरेको हो ।
अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने उल्लेख गरिएको थियो । यो नीतिमा आफ्नो ध्यान आकृष्ट भएको नाडाले जनाएको छ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ५० बाट बढाएर ६० प्रतिशत कायम गर्ने व्यवस्थालाई भने नाडाले सराहना गरेको छ । विद्युतीय सवारी साधनको सम्बन्धमा पनि सोही व्यवस्था गरिँदा विद्युतीय सवारी साधनहरूको व्यवसायमा लागेका व्यवसायीलाई ठुलो मर्का पर्ने उल्लेख गरिएको छ ।
सरकारले ग्रीन इनर्जीलाई प्राथमिकता नीतिगत अनुरूप विगतदेखि नै विद्युतीय सवारी साधनलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको नीतिलाई नै उपेक्षा गरेको नाडाको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने