कुलेखानी सिम खोलामा बेलिब्रिज हालिने
हेटौँडा । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड अन्तर्गत कुलेखानी जलाशयको ड्याम मुनी सिमखेलामा बेलिब्रिज निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारले उक्त कुलेखानी सिम खोलामा बेलिब्रिज निर्माणका लागि ठक्का आह्वान भएको हो ।
यातायात पूर्वाधार निर्देशनालय हेटौँडा मार्फत सो पुल निर्माणका लागि ठेक्का आह्वान भएको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनाएको कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिम खोलामा पुल बगाएको थियो । भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । हाल उक्त स्थान भन्दा तलबाट खोलामा डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ ।
बेलिब्रिज निर्माणका लागि निर्देशनालयले शुक्रवार टेन्डर आह्वान गरेको छ । बेलिब्रिज राख्न र पहुँच मार्ग निर्माण गर्नका लागि १ करोड ७९ लाखको टेन्डर आह्वान गरिएको हो । सिम खोलामा करिब ५० मिटर लामो बेलिब्रिज रहने र सो बाहेकको स्थानमा पहुँच मार्ग निर्माण गर्नेगरी ठेक्का खुल्ला गरिएको छ । वर्षायाम सुरु हुनुअघि नै पुल राख्ने काम र पहुँच मार्ग निर्माण गर्ने निर्देशनालयले जनाएको छ ।
कुलेखानी ड्याममुनिको सिम खोलामा भीमफेदी गाउँपालिका–६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर हाल्ने गरी ठेक्का आह्वान गरिएको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका प्रवक्ता चन्द्रदेव भट्टले बताए ।
माण्डु खोलाको बेलिब्रिज निकालेर ल्याउने र सिम खोलामा उक्त पुल अड्याउनका लागि निर्माण गरिने पक्की टेको र पहुँच मार्ग निर्माण गर्न टेन्डर आह्वान गरेको उनले बताए । माण्डु खोलामा पक्कि पुल निर्माण गरेर सञ्चालनमा आइसकेकाले त्यसस्थानमा रहेको बेलिब्रिज प्रयोगविहीन अवस्थामा रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण