राजनीति
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
शुक्रबार, १६ फागुन २०८१, १७ : १५
_KUbjLtixhL.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुढानीलकण्ठमा जारी छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अहिले जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अपराह्न ४ बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठकमा सङ्घीयता कार्यान्वयनमा देखापरेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसदमा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु