पोखरा पर्यटनको राजधानी भनेर सरकारले निर्णय गरेको छैन : मन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न नेपाल सरकारले निर्णय नगरेको बताएका छन् । पोखरामा भएको लिटरेचर फेस्टिभलमा बोल्दै उनले हल्लैहल्लाले पोखरालाई पर्यटनको राजधानी भनिएको प्रतिक्रिया दिएका हुन् ।
‘पोखरा टुरिजम क्यापिटल अफ नेपाल भनेको छ । आजसम्म नेपाल सरकारले निर्णय गरेको छैन,’ उनले भने, ‘हल्लैहल्लाको देश भनेर पढेकै हो । यो पनि सरकारको क्याबिनेटले गर्नुपर्यो नि ।’ आधिकारिक निर्णयका लागि एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ ।
‘क्याबिनेटले आधिकारिक निर्णय गर्नुपर्छ । त्यो काममा हामी सबै लाग्नुपर्छ,’ उनी भन्छन्, ‘जे होस् हामी सबैले मानेकै छौँ । यस्ता धेरै चिजहरूको यहाँ छलफल होस् ।’
गत वर्ष चैत ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भव्य समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका थिए । त्यसको आयोजक गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण