संविधान संशोधनका लागि कार्यदल बनाउने कांग्रेसको निर्णय
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
त्यस्तै बैठकमा ताप्लेजुङको पाथीभरामा क्षेत्रमा बनाउन लागिएको केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने पक्षमा कांग्रेस देखिएको छ । बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले केबुलकार निर्माणका सम्बन्धमा देखिएको समस्या वार्ताका माध्यमबाट समाधान गर्ने विषयमा सुझाव दिने नेताहरूले बताएको जानकारी दिए ।
बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । बैठकमा नेताहरूले दिएको सुझावका आधारमा सत्तारुढ दलको संयन्त्रमा कुरा राख्ने निर्णय भएको मुख्यसचिव पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण