कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
उदयपुर । कटारीमा सम्पन्न ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जितेको छ ।
आज सम्पन्न फाइनलमा शलेस युथ क्लब सिरहालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँले उपाधि जितेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको सिरहाले दोस्रो हाफमा कुलदीप कार्कीको गोलबाट अग्रता लिएका थिए । लगत्तै काठमाडौँका लागि सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । पुनः काठमाडौँ हेमन लिम्बूले गोल गरेपछि काठमाडौँ विजयी भएको हो ।
लिम्बूले खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित हुँदै नगद रु तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात परेका छन् । यो उपाधिसँगै काठमाडौँले नगद रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता सिरहाले नगद रु एक लाख ५१ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विजेता र उपविजेता टोलीलाई समापन समारोहमा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा विधागततर्फ ‘उदीयमान खेलाडी’ आयोजक कटारी–११ का ऋतिक तामाङ, उत्कृष्ट डिफेन्डर काठमाडौँका धिरेन क्षेत्री, उत्कृष्ट गोलरक्षक चरी लिम्बू, प्रतियोगिता भरी पाँच गोल गर्दै सर्वाधिक गोलकर्ता सौर्य राउत घोषित हुँदा उत्कृष्ट खेलाडी सिरहाका शिशिर लेखी घोषित भए ।
उनीहरुलाई नगद रु पाँच हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । यही फागुन १० गतेदेखि जारी प्रतियोगितामा अन्तरराष्ट्रिय सामत्से फुटबल क्लब भूटानसहित आठ टोलीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण