विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
झापा । विर्तामोडको कृषि थोक बजारमा बेच्न ल्याएको दुई क्विन्टल काउली र ब्रोकाउलीमा विषादीको अवशेष उच्च मात्रा फेला परेपछि नष्ट गरिएको छ । विर्तामोड–९ मा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका भारतीय नागरिक पङ्कजकुमार रायले उत्पादन गरेर बजारमा पुर्याएको ती तरकारीमा कार्वानेट र अर्गानोफस्फेट विषादीको अवशेष अत्यधिक पाइएको विर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए ।
उनका अनुसार काउलीमा ९६.५२ र ब्रोकाउलीमा ९५.१४ प्रतिशत विषादी अवेशष पाइएको थियो । कृषि थोक बजारमा बिक्रीका लागि ल्याइने हरेक तरकारीको विषादी परीक्षणबाट खान योग्य सावित भएपछि मात्र उपभोक्तालाई बिक्री गर्न दिइने प्रचलन रहेको छ ।
तरकारीको विषादी जाँच्नका लागि नेपाल सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण इकाइ विर्तामोड मै सञ्चालनमा रहेको छ ।
‘कृषि बजारमा पङ्कजकुमार रायले ल्याउनुभएको काउली र ब्रोकाउलीको परीक्षण गर्दा खान अयोग्य पुष्टि भयो,’ कृषि शाखाका प्रमुख कडरियाले भने, ‘त्यसपछि हामीले उहाँले ल्याएको दुई सय केजी तरकारी नष्ट गर्यौँ ।’
नगरपालिकाको कृषि शाखाले आजै प्राविधिक टोली खटाएर विषादीको अवेशष अत्यधिक भेटाइएको भारतीय नागरिक रायको कृृषि फार्ममा अनुमगन गरेको छ । अनुगमन टोलीले उहाँको फार्मका काउली र ब्रोकाउली तत्काल बेच्न रोक लगाएको छ ।
अर्कोपटक विषादी अवशेषको चेकजाँच गर्दा खान योग्य सावित नभएसम्म फार्मका कुनै पनि तरकारी बोटबाट नटिप्न र बजारमा नलैजान निर्देशन दिइएको कडरियाले बताए ।
कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा बढि बिषादीको अवशेष भेटिए खान अयोग्य मानिन्छ । कृषि शाखाका प्रमुख कडरियाका अनुसार विषादीको अवशेष ४५ प्रतिशतभन्दा माथि देखिए त्यस्तो तरकारीलाई तत्कालै नष्ट गरिने र ३५ देखि ४५ प्रतिशतसम्म अवशेष भेटिए केही दिन क्वारेन्टाइनमा राखेर पुनःजाँच गर्दा खान योग्य सावित भएपछि मात्र बिक्री गर्न दिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण