धुलिखेल अस्पतालका चार जना चिकित्सक निलम्बन
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का चार जना चिकित्सक निलम्बन भएका छन् । अस्पतालमा एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहन कार्यमा संलग्न रहेको आरोपमा चार चिकित्सकलाई एक साताका लागि निलम्बन गरिएको हो ।
अस्पतालको मनोचिकित्सा विभागका डा.अजय रिसाल, दीपक कुँवर, डा.वर्षा श्रेष्ठ र डा.रिका रिजालले उनलाई यातना दिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । उनीहरूलाई फागुन १६ गतेसम्म एक साताका लागि निलम्बन गरिएको थियो ।
यही फागुन ४ गते उनले आत्महत्याको प्रयास गरेका थिए । सो घटनाको प्रारम्भिक अनुसन्धानमा ती विद्यार्थीलाई सताउने कार्य गरेको पाइएको स्रोतले जनाएको छ । ‘४ गतेको घटना हो । काउन्सिलले टोली खटायो । प्रारम्भिक अनुसन्धान गर्यो,’ स्रोतले भन्यो, ‘सो अनुसन्धानमा अलिकति दुःख दिएको, हरसमेन्ट गरेको देखियो ।’
धुलिखेल अस्पतालको घटनाबारे काउन्सिलले छानबिन समिति गठन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण