नेपालगन्जमा राजावादीको प्रदर्शन
सोमबार, १९ फागुन २०८१, ०७ : ४९
बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अगुवाइमा सोमबार बाँकेको नेपालगन्जमा प्रदर्शन गर्न लागिएको छ । महामन्त्री डा धवल शमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आगामी चैतमा हुने राजधानी केन्द्रित आन्दोलनको पूर्वतयारी स्वरूप नेपालगन्जमा मोटरसाइकल र्यालीसहितको प्रदर्शन गर्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायतका माग राखेर प्रदर्शन गर्न लागिएको जानकारी दिए । स्थानीय रामलीला मैदानमा जम्मा भएर दिउँसो १२ बजेदेखि मोटरसाइकल र्याली गर्ने तय भएको उनको भनाइ छ ।
यसअघि समितिले धनगढीमा यस्तै र्याली गरिसकेको छ भने देशका प्रमुख सहरमा क्रमशः गर्दै गइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
-
अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
-
सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
-
सार्वजनिक खरिद ऐनका जटिलता तत्काल हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री
-
हामी एक-एक घण्टामा सेयर बजारको इन्डेक्स हेरेर बस्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ: अर्थमन्त्री
-
‘विद्युत् क्षेत्रलाई करको दायरामा ल्याउनु अर्थतन्त्रको आधुनिकीकरण र दुरगामी कदम हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण