हामी एक-एक घण्टामा सेयर बजारको इन्डेक्स हेरेर बस्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ: अर्थमन्त्री
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता सेयर बजारको अल्पकालीन उतारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताएका छन् ।
- उनले मुलुकमा उद्यमशील वातावरण निर्माण गर्न र इमानदार करदातालाई प्रोत्साहन गर्न विशेष जोड दिएको बताए ।
- अर्थमन्त्री वाग्लेले उच्च करको दरले लगानी निरुत्साहित हुने तर्क गर्दै करको दरमा गरिने सामयिक समायोजनले लगानीकर्तालाई आकर्षित गर्ने र राजस्वको आधार बलियो बनाउने विश्वास व्यक्त गरे ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता सेयर बजारको अल्पकालीन उतारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले स्थिर र परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य राखेको स्पष्ट पारेका हुन् ।
नयाँ सरकार गठन भएको दुई महिना पुगेको सन्दर्भ जोड्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले मुलुकमा उद्यमशील वातावरण निर्माण गर्न र इमानदार करदातालाई प्रोत्साहन गर्न विशेष जोड दिएको बताए । व्यवसायीहरूलाई सरकारको सहयात्रीका रूपमा चित्रण गर्दै उनले इमानदारपूर्वक राज्यलाई कर तिर्ने र स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने उद्यमीहरूलाई प्रवर्धन गर्नु नै बजेटको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।
कर प्रणालीमा रहेका चुनौतीहरूबारे चर्चा गर्दै अर्थमन्त्री वाग्लेले उच्च करको दरले लगानी निरुत्साहित हुने तर्क गरे । ३९.५ प्रतिशतसम्मको उच्च सीमान्त आयकर रहेको मुलुकमा वैदेशिक लगानी भित्र्याउन कठिन हुने उनको भनाइ थियो ।
अर्थतन्त्रको नीतिगत सुधारबारे स्पष्ट पार्दै उनले भने, ‘हामी एक-एक घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ वा तल झर्छ भनेर हेर्दैनौँ, हामी युगौँसम्म प्रभाव पार्ने दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ । नर्वेको जस्तो कर लिने हो भने नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा पनि सोही स्तरको हुनुपर्छ । शिक्षा, स्वास्थ्य, यातायात र पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न नसकिएको अवस्थामा उच्च कर थोपर्नु व्यावहारिक हुँदैन । अहिले कर तिर्न सक्ने क्षमता भएका व्यक्तिहरू पनि प्रणालीबाट भागिरहेको अवस्था छ । करको दरमा गरिने सामयिक समायोजनले लगानीकर्तालाई आकर्षित गर्ने र राजस्वको आधार बलियो बनाउनेछ ।’
करको दर घटाउँदा राज्यलाई हुने प्रत्यक्ष फाइदाबारे प्रस्ट पार्दै अर्थमन्त्रीले विद्यमान उच्च दरका कारण करको दायराभन्दा बाहिर रहेकाहरूलाई औपचारिक प्रणालीमा ल्याउन सहज हुने विश्वास व्यक्त गरे । करको दर व्यावहारिक बनाउँदा कर छली रोकिने र यसले दीर्घकालमा आन्तरिक राजस्व संकलनलाई नै बलियो बनाउने उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण