फिफाले फुकुवा गर्यो पाकिस्तानी फुटबलमाथि लगाइएको प्रतिबन्ध
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले पाकिस्तानी फुटबलमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय लिएको छ । फिफाको उक्त निर्णयपछि पाकिस्तानले पुनः अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको छ ।
फिफाले आफ्नो निर्देशन बेवास्ता गरेको आरोपमा फेब्रुअरी ६ तारिखमा पाकिस्तानी फुटबललाई आफ्नो सदस्यताबाट निलम्बन गरेको थियो । निलम्बन फुकुवापछि अब पाकिस्तानले यसै महिनाको अन्त्यमा आयोजना हुने एसियन कपको छनोट प्रतियोगिता पनि खेल्न पाउने भएको छ ।
पाकिस्तान फुटबल महासंघलाई फिफाले आफ्नो विधानमा संसोधन गर्न निर्देशन दिएको थियो । तर, पाकिस्तान फुटबल महासंघले उक्त निर्देशनको बेवास्ता गरेपछि फिफाले पाकिस्तानी फुटबललाई निलम्बन गर्ने निर्णय लिएको थियो । पाकिस्तानी फुटबल पछिल्लो आठ वर्षको अवधिमा तेस्रो पटक निलम्बनमा परेको हो । पाकिस्तान फुटबल महासंघको गत साता लाहोरमा सम्पनन विशेष अधिवेशनले फिफाको निर्देशन अनुसार आफ्नो विधानमा संशोधन गर्ने निर्णय लिएको थियो ।
विशेष अधिवेशनका क्रममा भएको मतदानमा अधिकांश सदस्यले विधान संशोधनको पक्षमा मतदान गरेका थिए । सोही कारणले फिफाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय लिएको समाचारमा जनाइएको छ । एसियन कपको छनोट प्रतियोगितामा पाकिस्तान समूह ‘ई’ मा परेको छ ।
छनोट प्रतियोगितामा पाकिस्तानले मार्च २५ तारिखमा सिरियाको सामना गर्नेछ । ‘हामीलाई विश्वास छ, पाकिस्तानी फुटबलाई आगामी दिनमा पनि फिफा र एसियाली फुटबल महासंघको साथ र सहयोग कायमै रहने छ,’ पाकिस्तान फुटबल महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण