अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुने

काठमाडौँ । अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुने भएको छ । डि व्वाईज ईन्टरटेन्मेन्ट नामक संस्थाले आगामी मे २८ देखि जुन १ सम्म अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने भएको हो ।
नेपाली फिल्म र पर्यटन प्रवद्र्वनको उदेश्य सहित अवार्ड आयोजना गर्न लागिएको डि–व्वाईज ईन्टरटेन्मेन्टका प्रमुख गणेश मल्ल जानकारी दिए ।
पछिल्लो समय नेपाली फिल्मको बजार अष्ट्रेलियामा राम्रो हुँदै गएको छ । अष्ट्रेलियामा नियमित रूपमा नेपाली फिल्महरु प्रदर्शन हुन थालेको । राम्रा फिल्मले करोड भन्दा बढीको व्यापार गर्न थालेका छन् ।
फिल्मका विभिन्न विधा समेटेर अवार्ड आयोजना हुन लागेको हो । तीन दर्जनभन्दा बढी कलाकार तथा फिल्मकर्मीलाई सहभागी गराएर अवार्ड आयोजना गरिने मल्लले बताए । फिल्मका नोमिनेट कलाकार, चिनिएका प्राविधिक, फिल्म पत्रकार, आयोजक र फिल्मकर्मीलाई बाहेक अन्यलाई कार्यक्रम सहभागी नगाराईने पनि आयोजकको धारणा रहेको छ । डि व्वाईजले अष्ट्रेलियामा विभिन्न कार्यक्रमहरुको आयोजन गर्दै आएको छ ।
४ चरणमा आयोजना हुने अवार्डमा फिल्म, निर्देशक, कथा, संगीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायीका, छाँयाकर, सम्पादक, ब्याकराउण्ड स्कोर लगायत विभिन्न १८ वटा विधा समेटिनेछ । वरिष्ठ फिल्मकर्मीहरूबाट जुरि मनोनयन गरी जुरिको निर्णय अनुसार अवार्ड प्रदान गरिनेछ ।
यस्तै, पपुलर हिरो अफ द इयर, पपुलर हिरोईन अफ द इयर पनि समाबेश गरिनेछ । एकजना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एकजना विशिष्ट फिल्मकर्मीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड नगद राशी सहित प्रदान गरिनेछ ।
अवार्डमा समावेश हुने विधाहरु, सहभागी कलाकार तथा अवार्डको जुरी र अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरी दिने आयोजकले जनाएको छ ।
अवार्डमा २०८० सालमा प्रदर्शन भएका फिल्महरुको दर्ता सुरु भएको छ । अवार्ड समारोहमा अष्ट्रेलियन फिल्मकर्मी, वितरक र नगारिकहरुको पनि उपस्थित हुने बताए । अवार्ड समारोहको भोलीपल्ट अष्ट्रेलियामा नेपाली फिल्मको बजार, दर्शकको अवस्था र प्रवद्र्वन अन्तर्गत विदेशी फिल्मकर्मी पाहुना र नेपाली फिल्मकर्मी बिच संवाद तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिनेछ । अवार्डमा विभिन्न चलचित्रसँग सम्बन्धित संघसंस्थासँग पनि सहकार्य गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान
-
मध्यपश्चिम विश्वविद्यालयलाई नसुधारिएको कि सुधार्न नखोजिएको ?