ट्रुडोले भने-ट्रम्पले लगाएको आयातकर ‘अति मूर्खतापूर्ण’
बुधबार, २१ फागुन २०८१, ०५ : ३८
काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकसहित मेक्सिको र चीनमाथि लगाएको ट्यारिफलाई ‘अति मूर्खतापूर्ण’भनी टिप्पणी गरेका छन् ।
उनले अरबौँ डलरको अमेरिकी उत्पादनमा २५ प्रतिशत जवाफी आयातकर लगाउने घोषणपछि भने, ‘हामी लडाइबाट पछि हट्दैनौं ।’ ट्रुडोको घोषणपछि ट्रम्पले जवाफी प्रतिक्रिया दिँदै ट्रम्पले उतिनै राशिले ट्यारिफ बढाउने धम्की दिएका छन् ।
पहिले नै ट्रम्पले क्यानाडा र मेक्सिकोलाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत ट्यारिफ लगाइसकेका छन् । ट्रम्पको उक्त कदमले अमेरिका र युरोपेली शेयर बजारमा गिरावट ल्याएको थियो ।
यसैबीच, चीनले समेत अमेरिकी कदमविरुद्ध अन्तिम समयसम्म लड्ने जवाफमा १५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । मेक्सिकोले भने आइतबार जवाफी कारबाहीको रुपरेखा तयार पार्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण