यस्तो छ फिल्म ‘श्री बुकुरो’ टिजर
काठमाडौँ । सुदीप भुपाल सिंहको निर्देशन रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । टिजर हेर्दा फिल्म परिवारको कथामा निर्माण भएको अनुमान लगाउन सकिन्छ । टिजरले परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई देखाएको छ ।
फिल्म सुदीप भुपाल सिंहले निर्देशन गरेका हुन् । यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका सिंह ७ वर्षपछि यसै फिल्म मार्फत फर्किएका हुन् ।
‘श्री बुकुरो’ विशुद्ध पारिवारिक कथा भएको निर्देशक सिंह बताउँछन् । रेन्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।
लेखन समेत निर्देशक सिंहको रहेको फिल्म रुबी सेन सिंहले निर्माण गरेका हुन् । सञ्जय लामा र राजेश श्रेष्ठले छायाङ्कन रहेको फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायाङ्कन गरिएको हो । फिल्मको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण