यस्तो छ फिल्म ‘श्री बुकुरो’ टिजर

काठमाडौँ । सुदीप भुपाल सिंहको निर्देशन रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । टिजर हेर्दा फिल्म परिवारको कथामा निर्माण भएको अनुमान लगाउन सकिन्छ । टिजरले परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई देखाएको छ ।
फिल्म सुदीप भुपाल सिंहले निर्देशन गरेका हुन् । यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका सिंह ७ वर्षपछि यसै फिल्म मार्फत फर्किएका हुन् ।
‘श्री बुकुरो’ विशुद्ध पारिवारिक कथा भएको निर्देशक सिंह बताउँछन् । रेन्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।
लेखन समेत निर्देशक सिंहको रहेको फिल्म रुबी सेन सिंहले निर्माण गरेका हुन् । सञ्जय लामा र राजेश श्रेष्ठले छायाङ्कन रहेको फिल्म मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायाङ्कन गरिएको हो । फिल्मको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको संगीत सुन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स