त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीबाट दाहालकाे उम्मेदवारी घोषणा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल क्रान्तिकारीबाट प्रवीण दाहाल उम्मेदवार बनेका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्दै आएका दाहाललाई अखिल क्रान्तिकारीले स्ववियु अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीले दाहाललाई अघि सारेको हो । शैक्षिक आन्दोलन तथा त्रिभुवन विश्वविद्यालयमा देखिएका विद्यमान समस्याको सुधारका लागि लड्दै आएका छन् ।
आफू पढ्दै आएका दाहालले अरूलाई समेत पढाउँदै आएका छन् । अनलाइन प्लेटफर्म युट्युब च्यानलमार्फत उनले अन्य विद्यार्थीहरूलाई पढाउँदै आएका हुन् । सेक्रेट एजुकेसन युट्युब च्यानलमा हाल ८५ हजार बढी सस्क्राईबर छन् ।
उनको नेतृत्वमा भएका आन्दोलनपछि परीक्षा नियन्त्रण कार्यालयले यही चैत्र अन्तिमबाट अनलाइन प्रणालीमा जाने सम्झौता भएको थियो । महिनौँ लगाएर ट्रान्सक्रिप्ट लिनुपर्ने बाध्यता उनकै नेतृत्वमा भएको आन्दोलनका कारण १० दिनभित्रै पाउने व्यवस्था भएको हो ।
त्यस्तै ईयर ग्याप र ओभरल्यापिङका कारण पास भइसकेका विद्यार्थीहरूले ट्रान्सक्रिप्ट नपाउने समस्या थियो । उनकै नेतृत्वको आन्दोलनका कारण ट्रान्सक्रिप्ट उपलब्ध गराइएको थियो । त्यस्तै फिजिक्स प्रमथ सेमिस्टरमा बी माइनस वा कम अङ्क आएमा थेसिस गर्न नपाउने प्रावधान हटाई सबैले थेसिस गर्न पाउने प्रावधान लागू गरिएको थियो ।
१३ जनाको टिम निर्माण गरेर उनले पढ्दै कमाउँदै कार्यक्रम गर्दै आएका छन् । सबल सक्षम विद्यार्थी निर्माणका लागि विभिन्न खाले आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहाललाई अखिल क्रान्तिकारीले सर्वसम्मत रूपमा स्ववियु अध्यक्षको उम्मेदवार बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण