दक्षिण भारतीय निर्देशक करणको निर्देशनमा फिल्म ‘जवाफ’ निर्माण घोषणा
काठमाडौं । फिल्म ‘जवाफ’ निर्माण घोषणा गरिएको छ ।
निर्माता प्रशान्त गिरीले यो फिल्म निर्माण घोषणा गरेका हुन् । २०७९ मा प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ निर्माण गरेका गिरीले अहिले ‘जवाफ’ बनाउन लागेका हुन् ।
फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी काभ्रे फिल्मस्ले फिल्मको घोषणा गरेको हो ।
पोस्टरमा ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरूको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबिचमा उभिएका एक पात्रको पृष्ठभूमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रिलरमा हुने संकेत गर्छ । पोस्टरमा उल्लेख भएका पात्रको परिचय खुलाइएको छैन ।
फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्नेछन् । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केही जानकारी गराएको छैन ।
फिल्मको कार्याकारी निर्माताका रूपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । दशकलामो रंग पत्रकारिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्नेछन् ।
फिल्मलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनीले घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण