युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य सहायतामा रोक पछि युक्रेनलाई खुफिया जानकारी दिन समेत रोक लगाएका छन् । ट्रम्प प्रशासनका अधिकारीहरुले यसको पुष्टि गरेका हुन् ।
राष्ट्रिय सल्लाहकार माइक वाल्ट्जको हवाला दिँदै बीबीसीले 'आफुहरु एक कदम पछि हटेको र युक्रेन सम्बन्धका सबै बाटाहरुमा रोक लगाएर समीक्षा गरिरहेको' भनी उल्लेख गरेको छ ।
गएको शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको चर्काचर्कीपछि ट्रम्प प्रशासनले यो कदम उठाएको बताइएको छ ।
वाल्ट्जका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देखाएको नरम व्यवहार कायम रहने हो र शान्ति वार्ताका लागि अघि बढ्ने हो भने ट्रम्प रोक हटाउनका लागि तयार हुनेछन् ।
हाललाई खुफिया जानकारी रोक्ने निर्णयले युद्ध मैदानमा गम्भीर असर पार्ने सम्भावना रहेको भनी सुरक्षा मामिलाका जानकारहरुले चिन्ता जाहेर गरेका छन् । यता, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले एक टेलिभिजन अन्तर्वार्तामा ‘शान्ति सम्झौताको बाटोमा हामी युक्रेनलाई अलपत्र छोड्न सक्दैनौं’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण