‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
बिहीबार, २२ फागुन २०८१, ०८ : ४१
काठमाडौँ । शुक्रवार रिलिज हुने फिल्म ‘होस्टेल ३’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स फिल्मलाई करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजले १५ शो तथा वन सिनेमाजले ९ शो, बिग मुभिजले ५ शो र एफक्युब सिनेमाले ५ शो, बिएसआर सिनेमाजले ४ शो दिएको छ । अग्रिम बुकिङ अनुसार शाे थपघट हुनेछ ।
‘होस्टेल’को तेस्रो संस्करणको रुपमा निर्माण भएको फिल्म युवा पुस्तालाई लक्षित छ ।
सशान कँडेलले निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् ।
सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता र शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह निर्माता रहेको फिल्ममा छायाङ्कन अर्जुन तिवारी र सम्पादन विकास दाहालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण