इलाम र पाँचथरमा खिचिँदै चलचित्र ‘सेक्मुरी’
काठमाडौँ । चलचित्र ‘सेक्मुरी’ यतिबेला इलाम र पाँचथरको बोर्डर घुर्रविसे पञ्चमी क्षेत्रको आसपासमा छायाङ्कन भइरहेको छ । फिल्मका निर्देशक सुर्यप्रकाश चेम्जोङ हुन् । लेखन समेत चेम्जोङको रहेको फिल्ममा छायाङ्कन समयमै अभिनेत्री परिवर्तन भएको छ ।
फिल्ममा अभिनेत्री बबिता फोम्बोको ठाउमा लक्ष्मी योङहाङ भित्रिएकी हुन् । विशेष कारण बबिताले समय दिन नभ्याएपछि उनको स्थानमा लक्ष्मीलाई लिइएको निर्माणपक्षले जनाएको छ । लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र पाँचथर, इलामपछि काठमाडौँ र हङकङमा समेत छायाङ्कन हुनेछ । चलचित्रमा रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहेको छ ।
‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने ‘सेक्मुरी’ को मुख्य थिम हो । चलचित्रमा लक्ष्मी योङहाङका अलावा प्रेम सुब्बा, सागर केरुङ, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, सीता राई, रिहा लिम्बू, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण