रुकुमका विमानस्थल सुरु गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले रुकुममा रहेका दुवै विमानस्थलबाट उडान हुन छाडेको भन्दै आवश्यक प्रक्रिया पुर्याएर उडान नियमित गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद रोकायले जिल्लाका दुवै विमानस्थलबाट उडान भर्ने व्यवस्था मिलाउन सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘जिल्लाका दुवै विमानस्थलबाट उडान हुन छाडेको छ । उडान नहुँदा जिल्लाका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ त्यसैले मन्त्रालयले उडान सञ्चालन गर्न आवश्यक काम थालोस्’, रोकायको ध्यानाकर्षण छ ।
त्यस्तै अर्का सांसद पदमबहादुर परियारले यूएसएड र एमसिसी अन्तर्गतका सहायता बन्द हुँदा अपाङ्गता भएका व्यक्तिको सहयोगमा असर परेको भन्दै त्यसको विकल्प खोज्न सरकारलाई आग्रह गरे ।
सांसद घनश्याम रिजालले लामोसाघु जिरी सडक अन्तर्गत तामाकोशीमा पुल निर्माणमा भएको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराए । उनले जीर्ण पुलका कारण दुर्घटना हुनसक्ने भन्दै लामो ससमयसम्म पुल निर्माणको जिम्मा पाएर पनि नबनाउने ठेकेदारलाई कारबाही गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण