हेली म्याथ्यूजको अलराउन्ड प्रदर्शनमा मुम्बई इन्डियन्सको जित

काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटको आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्सले सफलता हात पारेको छ । मुम्बई इन्डियन्सले बिहीबार राति सम्पन्न खेलमा यूपी वारियर्सलाई ६ विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी वारियर्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले १८.३ ओभरमै केवल चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
जितसँगै मुम्बई इन्डियन्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेल खेलेको मुम्बई इन्डियन्सले आठ अंक बटुलेको छ । सात खेलबाट १० अंक जोडेको दिल्ली क्यापिटल्स तालिकाको पहिलो स्थानमा आसीन छ ।
यसैगरी, ६ खेलबाट ६ अंक जोडेको गुजरात जायन्ट्स तेस्रो, ६ खेलबाट चार अंक हात पारेको रोयल च्यालेन्जर्स बेंगलुरु चौथो र सात खेलबाट चार अंक जोडेको यूपी वारियर्स तालिकाको पाँचौँ स्थानमा आसीन छन् ।
मुम्बई इन्डियन्सको जितमा ओपर हेली म्याथ्यूले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । उनले टोलीका लागि ६८ रनको योगदान गरिन् । यस क्रममा उनले केवल ४६ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् ।
नट सिभर ब्रन्टले पनि टोलीका लागि ३७ रनको योगदान गरिन् । उनले केवल २३ बलमा सात चौका प्रहार गरिन् । यूपी वारियर्सकी बलर ग्रेस ह्यारिसले दुई विकेट हात पारिन् । त्यसअघि पहिले ब्याटिङ गरेको यूपी वारियर्सका लागि जर्जिया भलले ५५ रनको उत्कृष्ट पाली खेलेकी थिइन् ।
तर, उनको अर्धशतक टोलीको लागि पर्याप्त हुन सकेन । ओपनर ब्याट्र जर्जियाले केवल ३३ बलको सामना गरी १२ वटा चौका हिर्काएकी थिइन् । अर्की ओपनर ग्रेस ह्यारिसले पनि टोलीको खातामा २८ रन थपिन् ।
यसका अतिरिक्त, कप्तान दिप्ती शर्माले पनि २७ रन बनाएकी थिइन् । मुम्बई इन्डियसन्सकी बलर अमेलिया केर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभरमा ३८ रन खर्चिएकी थिइन् । हेली म्याथ्यूजले पनि दुई विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि