ढुक्क हुनुहोस् गठबन्धन सरकार ०८४ सालसम्म चल्छ : प्रधानमन्त्री ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार २०८४ सालसम्म जाने दाबी गरेका छन् । शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘दिनैपिच्छे सरकार गैजान्छ भन्न थाले । अहिलेका दुई ठुला पार्टी बनेर सरकार बनेको हो । साधारण अवस्थामा सरकार बनेको हैन । अब १६ महिना मैले सरकार चलाउँछु, त्यसपछि शेरबहादुर जीले सरकार चलाउनुहुन्छ । तपाईँहरु ढुक्क हुनुहोस् यो सरकार ८४ सम्म जान्छ ।’
उनले राजावादीहरूको आन्दोलनप्रति सङ्केत गर्दै होहल्लाका भरमा सत्ता कब्जा हुन नसक्ने बताए । ‘हा हु..का भरमा सत्ता कब्जा गर्ने, कुन प्रणाली ल्याउन खोजेको हो ? यो संविधान फाल्ने, कस्तो संविधान ल्याउने ? राणा शासनतर्फ फर्कने ?’
ओलीले अहिले गन्तव्यहीन खालका कुराको बाढी आएको बताए । ‘हरेक मान्छे राजा हुन खोज्ने ? संविधानभन्दा माथिका कुरा गर्ने । सामाजिक सञ्जाल हेरि नसक्नु छ । हाम्रो सभ्यता यो हैन, हामी सभ्य देशका नागरिक हौँ, यो संस्कार हाम्रो होइन । जात, धर्म लगायत विभिन्न तरिकाले जनताकाबिच फाटो ल्याउने काम भइरहेको छ ।’
उनले दुई चार जना उरन्ठेउला व्यक्तिले बोल्दैमा केही नहुने बताए । देशलाई सही बाटोमा जानका लागि कांग्रेस–एमाले सरकार बनेको बताउँदै उनले प्रश्न गरे– ‘संविधान नमान्ने रे ? के मान्छौ त ?’
उनले केही मानिस सडकमा कराइरहेका बताउँदै २०८४ सालमा देखाइदिने बताए । उनले भने, ‘केही साथीहरू सडकमा कराइरहेका छन्, लोकप्रिय छु भन्ने लाग्छ भने ८४ पर्खिनुस् न । चुनावमा आउनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण