चलचित्र 'मुगलान' निर्माण हुने
काठमाडौँ । नेपाली फिल्म उद्योगमा ऐतिहासिक र सफल चलचित्रहरूको सूचीमा 'मुगलान' नाम एक महत्त्वपूर्ण माइलस्टोनको रूपमा दर्ज छ । यसअघि निर्माण भएको चलचित्र मुगलान अत्यन्त सफल रह्यो, जसले नेपाली समाजको कथा विश्वभर पुर्याउन सफल भयो। सोही नामबाट पुन चलचित्र बन्ने भएको छ । चलचित्रकाे शुक्रबार भैरव मन्दिर, ज्ञानेश्वरमा शुभ-मुहूर्त गरियो ।
चलचित्रको लेखन, गीत तथा निर्देशन आशिष ढकालको रहनेछ। द्वन्द्व निर्देशन राम गुरु, छायांकन अजय रेग्मी र संगीत किरण भुषाल तथा हरि गिरी "विमर्शी" को रहनेछ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्त शट निर्देशन गरेको कार्यक्रममा क्ल्याप कलाकार सबिन बास्तोला र क्यामेरा अन नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी थिइन् ।
चलचित्रमा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिवांशी, दिनेश डिसी, सबिन बास्तोला, रामचन्द्र अधिकारी, रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय रहनेछ।
नेपालका विभिन्न स्थानमा छायांकन गरिने चलचित्र गोमान सिंह निर्माता र रेहान प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो।
चलचित्र समसामयिक विषयमा निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण