पाँचथर गोल्डकपको ट्रफी सार्वजनिक, शनिबार उदघाटन खेल
शनिबार, २४ फागुन २०८१, ०० : १४
पाँचथर । पाँचौं पाँचथर गोल्डकप फुटबलको ट्रफी सार्वजनिक भएको छ । प्रतियोगिताको सबै तयारी पुरा भएसँगै आयोजकले ट्रफी सार्वजनिक गरेको हो। सदरमुकामस्थित फिदिम माविको खेल मैदानमा शनिबार दिउँसो २ बजे आरम्भ हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी फुटबल क्लब, मोरङ भिड्ने तालिका छ ।
प्रतियोगितामा ए डिभिजनका चार टोली चर्च ब्वाइज, भारतको हिल्स फुटबल एकेडेमी, मच्छिन्द्र फुटबल क्लब, हिमालय शेर्पा, सप्तरीको नमोबुद्ध युथ, नेपाल पुलिस, पथरी क्लब मोरङ र पाँचथर क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता विजेताले ११ लाख १ हजार र उपविजेताले पाँच लाख ५५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका लागि ए डिभिजनका चारसहित आठ टोली दर्ता भएको आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले बताए । प्रतियोगिताको फाइनल खेल चैत २ गते हुने आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण