परमाणु वार्ता : ट्रम्पको धम्कीसँग नडराउने इरानको प्रतिक्रिया
काठमाडौं । इरानले परमाणु कार्यक्रमबारे वार्ताको निम्तो अझै प्राप्त नभएको बताएको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट परमाणु कार्यक्रमबारेको पत्र अझै प्राप्त नभएको बताएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे वार्ता गर्न एक पत्र पठाएको भनी अभिव्यक्ति दिएपछि इरानी दूतावासले यस्तो जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ ।
इरानी दूतावासका प्रवक्ताले भने, ‘हामीलाई अहिलेसम्म यस्तो कुनै पत्र प्राप्त भएको छैन ।’ ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीलाई एक पत्र पठाएको र जसमा तेहरानमा तीब्रतासाथ बढेको परमाणु कार्यक्रम रोक्नका लागि नयाँ सम्झौता गर्न वार्ता गर्ने माग परिएको भनी अभिव्यक्ति दिएका थिए ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले यो सम्भावना खारेज गरिदिएका छन् । उनले तेहरान वाशिंगटनको प्रतिबन्धमा रहने हो भने परमाणु वार्ता हुन नसक्ने बताएका छन् । अराघचीले एएफपीसँगको कुराकानीमा भने, ‘जबसम्म अमेरिका आफ्नो अधिकतम दबाब नीति र आफ्नो धम्की जारी राख्छ,, हामी अमेरिकासँग कोही सीधा वार्ता गर्दैनौं ।’
जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्प प्रशासननले तेहरानविरुद्ध अधिक दबाब रणनीति अनुरुप प्रतिबन्ध लगाएको छ । जसमा तेल नेतवर्कमाथिको प्रतिबन्ध समेत संलग्न छ ।
इरानी सरकारी सञ्चारमाध्यमले समेत सर्वोच्च नेता खामेनीको कार्यालयबाट ट्रम्पले पठाएको पत्रको कुनै पुष्ट्याइ नगरिएको उल्लेख गरेका छन् । आइतबार यसबारेको साक्षात्कारको पूर्ण प्रसारण हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण