क्यानडा र अमेरिकी सीमा पुनः निर्धारण गर्दै ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सारमा अतिरिक्त महसुल लगाएपछि क्यानडामा चिन्ता र आक्रोशको वातावरण छ । यस्तोमा ट्रम्पले क्यानडामाथि अर्को तनाव थपिदिएका छन् ।
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार ट्रम्पले क्यानडा र अमेरिका बिचको सीमा पुनः निर्धारण गर्ने संकेत गरेका छन् । ट्रम्पले अमेरिका र क्यानडाबीचको सीमाङ्कन सही नभएको र यसलाई पुनः निर्धारण गर्न आवश्यक रहेको बताएका छन् ।
फेब्रुअरीमा ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच फोन वार्ता भएको थियो । मिडिया रिपोर्टका अनुसार यही कुराकानीका क्रममा ट्रम्पले दुई देशबिचको सीमा सन्धिप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई पुनः परिभाषित गर्न माग गरेका थिए ।
ट्रम्पले अमेरिका र क्यानडाबीचको जलसन्धिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । १९०८ मा अमेरिका र क्यानडाबिच जल सन्धि भएको थियो । त्यतिबेला क्यानडा बेलायतको एक हिस्सा थियो । अब ट्रम्पले दुई देशबिच ताल र नदीको पानी बाँडफाँडबारे पुनः छलफल गर्ने कुरा गरिरहेका छन् ।
ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा गरिरहेका छन् । उनले कयौँ पटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई गभर्नर ट्रुडो भनेर पनि सम्बोधन गरिसकेका छन् ।
उनको यस अभिव्यक्तिप्रति क्यानडामा व्यापक आक्रोश देखिएको छ । ट्रम्पले क्यानडामाथि अमेरिकाभित्र लागू औषध फेन्टानिलको तस्करी रोक्न र अवैध आप्रवासीहरूको आगमन रोक्न नसकेको आरोप लगाउँदै आएका थिए । दुई देशबिचको द्विपक्षीय व्यापारमा धेरै कमजोरीहरू रहेको पनि उनले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण