एङ्करपछि इन्डिया टुडे ग्रुपले लञ्च गर्यो एआई पप स्टार
नयाँदिल्ली । इन्डिया टुडे ग्रुपको स्टेज आज तकले ए–पपको शंखनाद गरेको छ । यसलाई एआई–सम्बन्धित मनोरञ्जनको दुनियाँमा एक क्रान्तिकारी कदमको रुपमा हेरिएको छ ।
भारतको पहिलो एआई एङ्कर साना ल्याएर दुई वर्षसम्म समाचारको क्षेत्रमा तरङ्ग सिर्जना गरेपछि, इन्डिया टुडे ग्रुपले अब स्टेज आजतकसँग संगीतको सीमालाई अगाडि बढाइरहेको छ ।
समूहले एआईमा आधारित संगीत व्यक्तित्व ऐशान र रुह लञ्च गरेका छन् । यिनीहरूले प्रविधि, कला र जबर्दस्त संयोजनको साथमा मनोरञ्जनको संसार परिवर्तन गर्ने दाबी समूहको छ ।
‘ए–पप एउटा विधा मात्र होइन । यो एक तरल, विकसित र सहयोगी रचनात्मक प्रक्रिया हो । यो मानव कल्पनाशक्ति र एआईको क्षमताहरूको संगम हो । यो परम्परागत सीमाहरूद्वारा सीमित गर्न नसकिने संगीत सिर्जना गर्नेबारे हो ।’
ए–पप लञ्च गर्दै इन्डिया टुडे ग्रुपका कार्यकारी एडिटर–इन–चीफ र उपाध्यक्ष काली पुरीले भने- एआई पप स्टार रुह र ऐशानले वास्तविक जीवनमा आफैँसँग जोडिराख्ने दाबी समूहले गरेको छ ।
यिनीहरूले नयाँ नयाँ कुराहरू सिर्जना गर्ने अनि नयाँ कुराहरू सिक्ने बताइएको छ । यी दुई प्रयोगकर्ताहरूलाई ध्वनि र भावनाहरूको उत्कृष्ट अनुभव दिने दाबी समूहको छ ।
यो जोडीको संगीत अब सामाजिक सञ्जाल र विभिन्न अग्रणी स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण