च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बाडे अंक
काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको उद्घाटन खेलमा च्यासल र वीरगन्जले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टोलीले अंक बाँडेका हुन् ।
लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । जसमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड रहेका छन् ।
सिंगल राउन्ड रोविनका आधारमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण