तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने
बुटवल । रुपन्देहीको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगिताको २३ औ संस्करण चैत ९ गतेदेखि सुरु हुने आइतबार पत्रकार सम्मेलन गरी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।
तिलोत्तमा गोल्डकपको तयारी पूरा भएको उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्र पाउने उनले बताए । यसैगरी उपविजेता टिमलाई ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सहभागी नहुने उनले बताए ।
प्रतियोगितामा रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लबलाई सहभागिता हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण