गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्या गरेको आरोपमा एक नाबालकसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुङ्गेखोला घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघांग-४ देउराली घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक रहेका छन् ।
शनिबार करिब ११:५० बजे काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका-७ नामी कलेज नजिक बागमती खोलाको बिच भागमा बोरा भित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ की महिला मृत फेला परेको थियो । यो सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा महिलाको हत्यामा पाँच जनाको संलग्नता खुल्न आएको थियो । उनीहरूलाई उपत्यका स्थित विभिन्न स्थानबाट जिल्ला प्रहरी परिसर काठमाडौँ समेतको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो ।
उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण