चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
सोमबार, २६ फागुन २०८१, १७ : ५१

काठमाडौँ । माघ मसान्तमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खाता १६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो भने अघिल्लो महिनामा यस्तो वृद्धि १४८ अर्ब १७ करोडले बचतमा रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । त्यस्तै, अघिल्लो महिना शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण