अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ ।
आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।
उनले आयोजनाको विकासकर्ता कम्पनी एसएपिडिसीले छुट मुआब्जावापतको रु ५३ करोड जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको बताए । यसअघि छ्याङकुटी–दिदिङ सडक खण्डअन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो ।
त्यसै आधारमा छुट मुआब्जावापत रु ५३ करोड आवश्यक पर्नेमा यसअघि रु २५ करोड मात्र प्राप्त भएको जनाइएको थियो । सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
-
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण