बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध

काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को मुख्य भूमिकामा अभिनेता बिराज भट्ट देखिने भएका छन् । गत दसैँमा आफ्नै निर्माण, निर्देशन र अभिनयमा फिल्म ‘१२ गाउँ’ दिएका बिराज अहिले भने होम प्रोडक्सन बाहिरको फिल्ममा अनुबन्ध भएका हुन् ।
फिल्म ‘राम नाम सत्य’ अभिनय गर्न लागेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
फिल्म माइकल चन्दले निर्देशन गर्दैछन् । म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गर्दै आएका माइकलले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । ‘राम नाम सत्य’को घोषणा अघिल्लो वर्ष (२०८०)को माघमा भएको थियो । खासमा निर्देशक चन्दले फिल्ममा बिराजका छोरा समीर भट्टलाई लिन चाहेका थिए । त्यसका लागि केही पटक उनको बिराजसँग कुराकानी पनि भएको थियो । तर, ‘बलिदान’ रिलिजअघि समीरले अरू फिल्म नगर्ने भएपछि माइकलले बिराजलाई नै मुख्य भूमिकामा लिएका हुन् । फिल्म एक्सन प्रधान हुने बताइएको छ ।
बिराज अहिले फिल्म ‘१२ गाउँ २’को सिक्वेलको तयारीमा पनि छन् । त्यसका लागि उनले निर्माण इजाजत समेत लिइसकेका छन् । आगामी वैशाखपछि छायाङ्कन गर्ने उनको तयारी थियो । तर, अब उनी ‘राम नाम सत्य’मा अनुबन्ध भएकाले ‘१२ गाउँ २’ अलि ढिलो हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा