बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को मुख्य भूमिकामा अभिनेता बिराज भट्ट देखिने भएका छन् । गत दसैँमा आफ्नै निर्माण, निर्देशन र अभिनयमा फिल्म ‘१२ गाउँ’ दिएका बिराज अहिले भने होम प्रोडक्सन बाहिरको फिल्ममा अनुबन्ध भएका हुन् ।
फिल्म ‘राम नाम सत्य’ अभिनय गर्न लागेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
फिल्म माइकल चन्दले निर्देशन गर्दैछन् । म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गर्दै आएका माइकलले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । ‘राम नाम सत्य’को घोषणा अघिल्लो वर्ष (२०८०)को माघमा भएको थियो । खासमा निर्देशक चन्दले फिल्ममा बिराजका छोरा समीर भट्टलाई लिन चाहेका थिए । त्यसका लागि केही पटक उनको बिराजसँग कुराकानी पनि भएको थियो । तर, ‘बलिदान’ रिलिजअघि समीरले अरू फिल्म नगर्ने भएपछि माइकलले बिराजलाई नै मुख्य भूमिकामा लिएका हुन् । फिल्म एक्सन प्रधान हुने बताइएको छ ।
बिराज अहिले फिल्म ‘१२ गाउँ २’को सिक्वेलको तयारीमा पनि छन् । त्यसका लागि उनले निर्माण इजाजत समेत लिइसकेका छन् । आगामी वैशाखपछि छायाङ्कन गर्ने उनको तयारी थियो । तर, अब उनी ‘राम नाम सत्य’मा अनुबन्ध भएकाले ‘१२ गाउँ २’ अलि ढिलो हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण