राष्ट्रिय उमा कुङ्फु प्रतियोगितामा १८ जिल्लाका १७५ खेलाडी
काठमाडौँ । राष्ट्रिय उमा कुङफु संघको आयोजनामा सातौँ राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १८ जिल्लाका एक सय ७५ जना खेलाडीको सहभागिता रहने जानकारी आयोजक संघका उपाध्यक्ष भूपेन्द्र गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिए ।
प्रतियोगितामा सान्डा, ताइची र प्याटर्नमा गरी ३९ स्पर्धामा खेल हुनेछ । सान्डामा १९, ताइचीमा चार तथा प्याटर्नको वेयर ह्यान्ड र वेपनमा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका उपाध्यक्ष गुरुङको संयोजकत्वमा नौ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
यसैगरी, विभिन्न उपसमिति पनि गठन गरिएको छ । प्राविधिक उपसमितिमा अन्तर्राष्ट्रिय निर्णायक एवं संघका महासचिव कमल मगर, स्वास्थ्यमा उपाध्यक्ष रमेश महर्जन, आर्थिकमा कोषाध्यक्ष सूर्य लामा, प्रचार–प्रसारमा सदस्य राजदीश नेम्कुल र सांस्कृतिक उपसमितिमा सदस्य शेरबहादुर गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
प्याटर्न र ताइचीको प्रमुख निर्णायक मण्डलमा उपाध्यक्षद्वय गुरुङ र महर्जन तथा सान्डाको प्रमुख निर्णायक मण्डलमा संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राई र महासचिव मगर रहने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने अध्यक्ष राईले जानकारी दिए । उपत्यका बाहिरका खेलाडीलाई खाना, बसोवास र यातायत सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ । एकदिने प्रतियोगिताका खेलहरु चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा खेलाडीलाई छ । राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी फागुन २४ गते राष्ट्रिय रेफ्री सेमिनार पनि सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण